नियम १२
विघटनको लागि लेखी पठाउन सक्ने
नियम ८ को उपनियम (१) बमोजिमको व्यवस्थापन समितिले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा ऐन, यस नियमावली वा परिषद्को निर्देशन अनुरुप कार्य नगरेमा त्यस्तो व्यवस्थापन समिति विघटन गर्नको लागि परिषद्ले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।